काठमाडौँ – नेपालमा बुधबार थप ३ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ८८६ पीसीआर परीक्षणका क्रममा २ हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टीजेन परीक्षणका क्रममा १२ सय ६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४६ हजार ६५७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा ९ हजार ७ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ९ सय ९३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ४९ हजार ७२ संक्रमित निको भएका छन् । हाल नेपालमा २९ हजार ४४४ सक्रिय संक्रमित आइशोलेशन र ३४९ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३५ लाख ७४ हजार ८६४ वटा पिसिआर र ३ लाख ४ हजार ५४६ वटा एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।