काठमाडौँ – डोटीका एसपी दानबहादुर मल्लमाथि लागेको आरोप निराधार भएको उनले बताएका थिए ।


ADVERTISEMENT


कानूनी र प्रसासनिक ढंगले प्रहरीको भूमिका निर्वाह गरेको बताउँदै उनले दोषीलाई कारवाही तथा पीडितलाई न्याय दिने क्रममा बरामद गरिएको सामान वास्तविक पीडितकहाँ पुगाइएको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


हिमालय पोष्टसँगको कुराकानीमा उनले बताएको विवरण :

म यहाँ आउनुभन्दा अगाडि सुन पैसा नियन्त्रणमा लिने, पुलीसकहाँ ल्याएर आएको पनि बाँडिचुँडी खाने गरेका पाइएको छ । पुलीसलाई ल्याउनै नदिने, केही पत्रकार साथी र स्थानीयबासी तथा संलग्न व्यक्तिले चोरी गरी ल्याएको स्रोत नखुलेको रकम बाँड्ने गरेका रहेछन् । म आएपछि त्यस्ता क्रियाकलाप कडाइका साथ नियन्त्रणका लागि खटिएको छु र धेरै हदसम्म नियन्त्रण भएको छ भने बरामद भएका सामान कानूनी रुपमा सम्बन्धित निकाय तथा पीडितलाई बुझाउँदै आएका छौँ । भारतबाट चोरी गरि ल्याइएको १७ लाख नगद र १ किलो सुन बरामद गरेकोमा त्यसलाई हामीले वास्तविक पीडितकहाँ पुगाइसकेका छौँ ।

यसमा भारतीय दूतावास सक्रिय रुपमा लागेको थियो भने प्रहरी प्रधान कार्यालयको चासोमा हामीले एक्टिभ एक्सन चालेका थियौँ । सामान बरामद गरेपछि स्थानीय प्रतिनिधि, वडा सदस्य, स्थानीय बासिन्दाको रोहबरमा सुन र नगद गन्दा १ किलो सुन र करिब १७ लाख नगद फेला परेको थियो । भारतीय सीआईबी टोली, भारतीय दूतावासको सहकार्य एवं प्रहरी प्रधान हेडक्वाटरको निर्देशनमा हामीले उक्त बरामद सामान हेडक्वाटरमा पठायौँ र त्यहीँबाट उक्त सामान वास्तविक पीडित सम्म पुगेको छ ।

नेपाल र भारतीय प्रहरीले सहकार्यमा यस्ता धेरै काम गर्ने गरेको छ । भारतीय प्रहरीले उक्त नगद तथा सुन वास्तविक पीडितसमपक्ष पुगाइएको जानकारी गराएको छ ।

म यहाँ आउनुभन्दा अघि नियन्त्रणमा लिएको पैसा तथा जिन्सी सामान केहीले बाँडीचुँडी खाने गरेको भन्ने पाइएको छ । यसअघि देखिएका त्यस्ता क्रियाकलापको पनि अनुसन्धान गरिरहेकोमा आरोप प्रमाणित भए त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउने गरी अघि बढेका छौँ ।