काठमाडौँ – ललितपुर महनगरपालिकाले नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ ।


ADVERTISEMENT


सोमबार ललितपुर महानगरले नगर प्रहरी प्रमुख सिताराम हाछेथुको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको हो ।


ADVERTISEMENT

# # #


नगरभित्र विपद्मा परेकालाई सहजीकरण र आवश्यक सहयोग गर्न तथा नगरवासीको समस्यालाई सम्बोधन गर्न टिम गठन गरेको महानगरले जनाएको छ । एलएमसी पुलिस एक्सन टिम घोषणा कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलेनगर प्रहरीलाई आम नागरिकको सहयोग र सुरक्षामा परिचालन गर्ने बताए ।

एक्सन टिमलाई महानगरले ज्याकेट, अग्नि नियन्त्रणमा आवश्यक पर्ने उपकरणहरु लगाएतका सामाग्री उपलव्ध गराएको छ ।C