काठमाडौँ – नेपालमा सोमबार थप ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको १० हजार ६ सय १३ पीसीआर परीक्षणका क्रममा २ हजार २ सय ७९ र ३ हजार १ सय ९८ एन्टीजेन परीक्षणका क्रममा ८४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेािलमा कोरोना संक्रमितको संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यो संगै नेपालमा ९ हजार ८ सय ९८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ५८ हजार १२२ संक्रमितले कोरोना जितेका छन् । हाल ३१ हजार ६२९ सक्रिय संक्रमित आइशोलेशन र ३६८ जना क्वारेन्टाइनमा छन् ।

हालसम्म नेपालमा ३६ लाख २२ हजार ४८० वटा पीसीआर र ३ लाख २५ हजार ७९९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।