काठमाडौँ – सशस्त्र प्रहरीका प्रदेश नम्बर २ प्रमुख चन्द्रप्रकाश अर्थात् सीपी गौतम भावी आईजीपीका बलिया दाबेदारका रुपमा देखिएका छन् । यसअघि काठमाडौं उपत्यका प्रमुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेका उनी अहिले २ नम्बर प्रदेश शसस्त्र प्रहरी बलको कमाण्ड सम्हालिरहेका छन् ।


ADVERTISEMENT


शालिन, ईमान्दार, क्षमतावान, कमाण्ड हाँक्न सक्ने, अनुभवी, उच्च ज्ञानको चेत भएका गौतम सिंगो सशस्त्र प्रहरीको नेतृत्वका लागि काबिल प्रहरी उच्च अधिकारी हुन् भन्ने विश्लेषण छ । प्रदेश २ को सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण र चोरी तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरी चर्चामा आइरहने डीआईजी गौतम सशस्त्र प्रहरीमा एक निष्ठावन लगनशील एंब क्षमतावान छवि बनाएका व्यक्ति हुन् ।


ADVERTISEMENT

# # #


जीवनका २६ वर्ष सुरक्षा निकायमा बिताएका गौतम २०५१ मा एमएससीको पढाइ सकेर तत्कालीन शाही सेनाको सहायक सेनानीमा भर्ना भएका थिए । देहरादूनमा अधिकृतको तालीम सकेर ५ वर्ष सेनामा जागिरे भएपछि उनी सशस्त्र प्रहरीमा प्रवेश गरे ।

७२ भन्दा बढी देशको भ्रमण गरिसकेका उनीसँग द्धन्दकालमा देशका विभिन्न क्षेत्रमा पुगेर अहोरात्र खटिएको अनुभव छ । शान्ति मिसनमा विभिन्न देशको भ्रमण पनि गरेका उनी २०५६ मा शान्ति सेना बनेर पूर्वी टिमोर, २०५९ मा ईराक, २०६४ मा पुनः पूर्वी टिमोर, २०६७ मा लाइबेरियामा सम्म पुगेर गौतम सुरक्षा क्षेत्रमा खटिएकोमा २०७३ मा मात्रै ग्लोबल प्रतिस्पर्धामा राष्ट्र संघको पी ४ पदमा छनोट भई सुडानस्थित डार्फरको चिफ अफ अपरेशन पी बनेर पुगेका थिए ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय ठाउँमा सुरक्षा निकायका क्षेत्रमा काम गरेको अनुभव भएका उनी राष्ट्र र जनताको हितमा कानूनको पालना गराउन केहीमा पनि सम्झौता नगर्ने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।

ताप्लेजुङका गौतम शुरुमा त डा. बन्ने सपना बोकेर काठमाडौँ आएका थिए । जब सुरक्षा क्षेत्रमा प्रवेश गरे त्यसयता उनी यही क्षेत्रमा देश र जनताको सुरक्षामा खटिँदा आनन्द लिइरहेका छन् ।

प्रदेश २ प्रमुख भएर गएपछि प्रदेश २ सीमा नाकामा हुने चोरी, तस्करी तथा अपराध नियन्त्रणमा कडा रुपले खटिएका उनी तस्करका आँखामा कसिङ्गर बनेपनि जनतामाझ ‘हिरो’का रुपमा उदाइरहेका छन् । गौतम तिनै व्यक्ति हुन्, जसको कमाण्डमा केही समय अघि मात्रै सिमा पारी पुर्याइएका महोत्तरीका सात युवतीलाई सकुशल नेपाल फर्काएर चर्चामा आएका थिए ।

गौतमलाई सरकारले गत वर्ष मंसिरमा २ नम्बर प्रदेश प्रमुखमा नियुक्त गरेकोमा उनी साहित्यप्रति पनि झुकाव राख्ने व्यक्ति हुन् । हाल सशस्त्र प्रहरी बलभित्रै उनी आईजीपीका बलिया दाबेदारका रुपमा देखिएको चर्चा परिचर्चा हुने गरेको छ ।