काठमाडौँ– नेपालमा जहाँ एकतर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतविरोधी नारा लागिरहेको बेला त्यही अर्कोतर्फ एसएसबीले नेपाली नागरिकलाई सहयोग गरेर मनावताको झल्को देखाएको छ । एसएसबीले बिरामी भएकी दार्चुलाकी नेपाली महिलालाई अस्पताल पुर्‍याएर सहयोग गरेको छ ।


ADVERTISEMENT


एसएसबीका जवानहरुले बिरामी भएकी महिलालाई भारतको धार्चुला सीतापुल हुँदै नेपाल प्रवेश गराएका हुन् । यसको लागि एसएसबीले बिरामी भएकी महिलासँगै अन्य चार नेपाली नागरिकहरुलाई समेत नेपाल क्षेत्रसम्म जाने अनुमति दिएको थियो ।


ADVERTISEMENT

# # #


नेपाल एपीएफको छांगरु पोस्टमा निर्माण कार्य चालिरहेको छ । आइतबार गार्लिक निर्माण सेवा कम्पनी (नेपाल) का म्यानेजर इन्चार्ज सहदेव बोहराको निगरानीमा मजदुरहरु काम गरिहेका थिए । सोही समय दार्चुला नौगाड गाउपालिका वार्ड नम्बर १ बस्ने रमेश ठेकरेकी २० वर्षीया श्रीमती मजदुर संगीता ठेकरेको पेटमा अचानक पीडा सुरु भएको थियो । त्यसपछि संगीतालाई अस्पताल लैजान एकदम जरुरी भएको थियो । तर नेपाल तर्फको बाटो खराब भएको कारणले संगीतलाई अस्पताल पुर्‍याउन सम्भाव थिएन ।

उपचारको लागि भारतको धारचुला सीतापुलको बाटो हुँदै मजदुर बिरामीलाई अस्पताल लैजान बाहेक कुनै विकल्प थिएन । तर पनि उनीसंग यसको लागि कुनै अनुमति थिएन । आपत् स्वास्थ्यकी एसएसबी बी समन्वय गब्र्यागका समन्वय कमान्डरलाई यसको जानकारी हुनसाथ बीरामी संगीतासहित ५ जनालाई अनुमति दिइएको थियो ।

परिस्थितीको आकलन गर्दै उनीहरुलाई भारतको धारचुला सीतापुल हुँदै नेपाल प्रवेश गराइएको थियो । बीरामी महिलाको हालत गम्भीर भएकोले एसएसबीका जवानहरुले तुरुन्त संगीतालाई आफ्नै वाहनमा चढाइ छियालेखसम्म पुर्‍यनएका थिए । र साथै भारतीय सेनाको एमआई कक्षमा सांगीताको प्राथमिक उपचार गरी बुँदी तर्फ पठाइएको थियो ।

नेपालमा भारत र एसएसबीविरोधी नारा लागिरहेको बेला एसएसबीले जुन मनावता देखाएको छ त्यसको सबैतिर प्रशंसा भइरहेको छ ।