काठमाडौं– नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ को ट्रेलर सार्वजनिक भएको छ ।


ADVERTISEMENT


डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको सो चलचित्रको ट्रेलर हिजो रिलिज गरिएकोे हो । चलचित्र प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निर्माण गरिएको रिभेन्ज टिमले जनाएको छ । महिलालाई कमजोर सम्झिने समाज विरुद्वको सोचमा आधारित उक्त कथानक चलचित्र प्रदर्शनको पर्खाइमा छ ।


ADVERTISEMENT

# # #


अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको ट्रेलरओएस आर डिजिटल बाट रिलिज गरिएको हो । चलचित्रमा कृष्ण पाण्डेको छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन देख्न सकिन्छ ।

यस्तै, रिभेन्जमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे, गंगा कुवर, पदम सुनार र अम्बिका खड्का लगायतको अभिनय रहेको छ ।  शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मान्धर बिबस को गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीत मा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाईं को पार्स्व संगीत सुन्न सकिन्छ ।

चलचित्र रिभेन्जको ट्रेजर हेर्नुहोस्