काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता वितरण र छानबिनदेखि सबै तहका महाधिवेशन पनि निष्पक्ष हुनुपर्ने निष्कर्ष निकालेको छ ।


ADVERTISEMENT


मंगलबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको सो पक्षको बैठकले तोकिएमो समयमा नै महाधिवेशन हुनुपर्ने र पार्टीभित्र देखिएका क्रियाशील सदस्यता लगाएतका विवादलाई केन्द्रीय समितिले नै हल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


पार्टी प्रवेशको नाममा आफ्ना मान्छे प्रयोग गराएर क्रियाशील सदस्यमा धाँधली भएको सो पक्षको ठहर छ । भदौ १९ भन्दापछि महाधिवेशन लाने विषयमा पनि सहमति नदिने समझदारी पनि नेताहरुबीच भएको छ । बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले तोकिएको समयमा नै महाधिवेशन हुनुपर्ने र विवादीत बिषयलाइ व्यक्तिले नभएर केन्द्रीय समितिले हल गर्नुपर्ने निष्कर्ष रहेको बताए ।

उनले क्रियाशील सदस्यताको टुंगो लगाउँ भन्ने आफ्नो समूहको माग रहेको र समयसीमाका अनुसार कांग्रेस चापमा रहेको समेत बताए । उनले समयको बाध्यात्मक स्थितिलाई लिएर कांग्रेसको विधानअनुसार र केन्द्रीय समितिको निर्णयअनुसार चल्नुपर्ने जिकिर गरे ।

कांग्रेसले भदौ १६ बाट काठमाडौंमा १४ औं महाधिवेशन हुने कार्यतालिका तय गरेको छ । तर महाधिवेशनका लागि साउन १२ का लागि तोकिएको वडा अधिवेशन र साउन १६ गते हुने भनिएको गाउँ अधिवेशन स्थगित भइसकेको छ ।

क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपनि विवाद भने समाधान हुन सकेको छ्रैन ।