काठमाडौं– चुनावी अभियान व्यवस्थापनकै कारण भारतका प्रशान्त किसोरको चर्चा भइरहेकै बेला नेपालमा पनि चुनावी अभियान व्यवस्थापनको व्यवसायिक सुरुवात भएको छ ।


ADVERTISEMENT


करिव एक वर्षदेखि कम्पनी स्थापना गरेर आन्तरिक अभ्यास तथा गृह कार्यमा रहेको युवाहरुको एक समुहले नेपालमै पहिलो पटक इलेक्सन म्यानेजमेन्टको व्यावसायिक शुरुवात गरेको हो ।


ADVERTISEMENT

# # #


विभिन्न क्षेत्रका दक्ष युवा, विज्ञ तथा विदेशमा यस्तो अनुभव लिएकाहरुको टीम नै निर्माण गरेर प्रिज्मा टेक्नोलोजिज मार्फत् इलेक्सन क्याम्प म्यानेजम्यान्ट सुरु गरेको यो समुहले जनाएको छ । ‘विश्वका उत्कृष्ट राजनीति अभ्यास भएका देशमा यस्तो अभ्यास छ’ प्रिज्मा ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र चटौतले भने, ‘करिव एक वर्षदेखि हामीले इलेक्सन क्याम्प म्यानेजेमेन्ट सुरु गरेका छौं, हामीलाई जानकारी भएसम्म यो नेपालमै पहिलो पटक हो ।’

एक वर्षदेखि नेपालको राजनीतिक अवस्था, मौलिकता, विगतका चुनावी परिणाम, पार्टी तथा विगत संघसंस्थाका चुनावी एजेण्डा तथा राजनीतिप्रतिको नागरिक धारणा बारे अध्ययन गरिरहेको यो समुहले केही संस्थागत चुनावमा अभ्यास पनि गरिसकेको जनाएको छ । ‘यो बीचमा हामीले बिगतका चुनाव र प्रचार अभियान, घोषणा पत्र, तिनमा नागरिकको आकर्षण बारे गहन अध्ययन गर्‍यौ’ प्रमुख कार्यकारी अधिकृत चटौतले भने, ‘पैसा भए चुनाव सजिलै जितिन्छ भन्ने मनोविज्ञान विकास हुँदै गएको पाइन्छ, जुन सरासर गलत छ ।’

साझेदारी गर्ने व्यक्ति, पार्टी वा संगठनलाई चुनावी मुद्दा, नारा, कार्यक्रम र प्रचारसामग्री निर्माणमा प्रत्यक्ष सहयोग पुर्‍याउने यो समुहले फिल्ड सर्भे, डाटा एनालाइस, आर्टिफिसियल ऐन्टिलिजेन्स तथा डिजिटल प्याटफर्मको प्रयोग मार्फत् उम्मेदवारलाई चुनावमा सफल बनाउने रणनीति तय गरिने जनाएको छ ।

‘हामी सुक्ष्म किसिमले उम्मेदवारका लागि मार्ग निर्माण गछौं सिइओ चटौत भन्छन्, ‘यसले उम्मेदवारलाई सफलता हासिल गर्न सक्षम बनाउँछ । चटौतले अगाडि भने– हामी नेपालका राजनीतकर्मीका एजेण्डा र नारा मात्रै हेरौँ न, आवश्यकता एकातिर उम्मेदवार अर्कैतिर हुन्छन् । अझ, सबै कपिपेष्ट हुन्छन् ।

विशुद्ध व्यावसायिकभन्दा पनि सभ्य चुनाव र राजनीतिक संस्कार निर्माणका लागि पनि आफूहरुले यस्तो कार्य थालनी गरेको यो समुहको दाबी छ ।