चितवन– नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।


ADVERTISEMENT


आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ’, उनले भने । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनु पर्नेमा जोड दिए । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनको जानकारी छ ।

उनल भनेका छन्, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’

फरक प्रसङ्गमा उनले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने समेत जनाएका छन् । रासस