काठमाडौँ– नेपाल सरकारले कोभिड–१८ महामारीको नियन्त्रण तथा रोकथामका लागि साप्ताहिक रुपमा ‘नेपाल मास्क अभियान’ मनाउन लागेको छ ।


ADVERTISEMENT


पछिल्लो समय कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गर्दै सबै नागरिकमा मास्क प्रयोगको महत्व बुझाउने र सहि तरिकाले मास्क लगाउने व्यवहारलाई प्रवर्धन गरी कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा आम नागरिकलाई जिम्मेवार बनाउन देशव्यापी रुपमा  शनिवार दिउँसो १ बजेदेखि साताभर ‘नेपाल मास्क अभियान’ मनाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


उक्त अभियान ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता; मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ देशभर रुपमा मनाउन लागिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार, सो मास्क अभियान भोलि प्रधानमन्त्री शेर बहादुर देउवाको भिडियो सम्बोधनबाट सुरुवात हुनेछ ।

आज मन्त्रालयद्वारा आयोजित गरेको भर्चुअल मिटिङमा बोल्दै राष्ट्रिय सेवा तथा सुचना सञ्चार केन्द्रकी स्वास्थ्य प्रशासक शिला श्रेष्ठले ‘म जिम्मेवार नागरिक’ को सन्देशसहित फेसबुकलाई डिजिटलाइजिङ गर्ने, नेपाल टेलिभिजनको सहभागितामा विभिन्न कार्यक्रमहरु प्रसारण गर्ने तथा सेलिब्रेटि एवम्  प्रभावशालि व्यक्तित्वहरुको सहभागितामा कोभिड–१९ को बढ्दो संक्रमण रोक्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने, मास्क लगाए/नलगाएको अनुगमन गर्ने लगायतका गतिविधिमार्फत मास्क सप्ताह मनाइने जानकारी दिइन् ।

यस्तै, स्वास्थ्य बिमा बोर्डकी निर्देशक डा. राधिका थपलियाले महामारी नियन्त्रणका लागि सम्पुर्ण नागरिक जिम्मेवार रहनुपर्ने र यसका लागि मास्क अभियानबाट प्राप्त जानकारी र ज्ञानलाई वर्षभरि नै प्राथमिकता दिइने जनाइन् ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड अत्यावश्यक भएको र यसको अन्य विकल्प नरहेकाले यसैलाई प्राथमिकता दिने उद्देश्यका साथ मास्क क्याम्पेन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।