झापा – झापाको भद्रपुरमा प्रतिवन्धित लागू औषधसहति २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शंकास्पद २ जनालाई चेकजाँचको क्रममा उनीहरुबाट लागू औषध फेला परेपछि पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भारत बंगालका किशनगंज श्रवण राय र भद्रपुरकै २४ वर्षीय खेमराज कुँवरलाई पक्राउ गरेको हो । उनीहरुबाट ब्राउनसुगर जस्तो देखिने २१.२६० ग्राम लिसाइलो पदार्थ, ३ बोतल एस्काफ, निट्रोसनट ट्याबलेट १ पत्ता बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिप्रका झापामा राखिएको प्रवक्ता राकेश थापाले बताए ।