काठमाडौँ – पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको बजेटमा चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई शेरबहादुर देउवा नेतृत्वको सरकारले रोकेको छ । देउवा नेतृत्वको साझा गठबन्धनको सरकारले आइतवार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई अघि नबढाउने कार्यक्रम अघि सारेको हो ।


ADVERTISEMENT


सरकारले सार्वजनिक गरेको कार्यक्रममा अघिल्लो सरकारले गरेको चुरेको गिट्टीबालुवा निर्यात गर्ने योजनालाई रोक लगाउने घोषणा गरेको हो भने पूर्वाधार निर्माणमा रहेको ढिलासुस्ती हटाई तीव्रता दिने कार्यक्रम तय गरेको हो ।


ADVERTISEMENT

# # #


चालू आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याइएकोमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले व्यापार घाटा नियन्त्रणका लागि ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने र त्यसको ढुवानीका लागि खानी क्षेत्रबाट सीमाक्षेत्रसम्म केबलकारको निर्माण गर्ने घोषणा गरेका थिए । संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा यसलाई रोक लगाउने घोषणा गरिएको छ ।

‘पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोतसाधनको दोहन हुन नदिने र चुरेक्षेत्रको उत्खनन गरी ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने कार्यलाई रोक लगाउने र जनताको पर्यावरणीय अधिकार तथा जैविक विविधता संरक्षण गर्न ठोस कदम चाल्ने कार्यक्रम राखिएको,’ कार्यक्रममा राखिएको छ ।