काठमाडौँ– नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं. १ मा उठाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


कांग्रेसको बालुवाटारमा जारी संसदीय समितिको बैठकले उनलाई झापा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उठाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यसअघि वाम गठबन्धनबाट झापा–१ मा माओवादीका राम कार्की उठ्ने टुंगो लागिसकेको छ । झापा–५ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो ।

कांग्रेसले संसदीय समितिको बैठकमा झापा जिल्ला समितिले झापाको क्षेत्र नं. २ मा उद्धव थापा, ३ मा कृष्णप्रसाद सिटौला, ४ मा देउमान थेबे र ५ मा डा. खगेन्द्र अधिकारीको नाम पेश गरेको छ ।