पाल्पा– स्थानीय राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक मलामी बेपत्ता भएका छन् ।


ADVERTISEMENT


पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा बेपता हुनुभएको हो ।


ADVERTISEMENT

# # #


हजुरआमाको मलामी गएका गाहा नदीको किनारामा कपडा र मोबाइल राखेर नुहाउने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताए । स्थानीय राम्दी प्रहरी चौकीका प्रहरीले अहिले नदी आसपासको क्षेत्रमा गाहाको खोजी कार्य भइरहेको जनाएको छ ।