काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अव कोहिसंग पनि हेपिएर नवस्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कसैको टाङमुनि नछिर्ने र नझुक्ने बताए । नेता नेपालले आफूहरूले कसैसँग शीर निहुराएर सम्झौता नगर्ने जिकिर गरे । नेता नेपालले दम्भी र घमण्डी नबनी सत्य र न्यायको बाटोमा अगाडि बढिरहने आफ्नो अठोट रहेको बताए । उनले अहिले दम्भी, घमण्डी र अत्याचारी नभएर असल मान्छेको देशलाई आवश्यकता रहेको धारणा पनि राखे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी दृढताका साथ अघि बढ्नेछौँ । कसैको टाङमुनि छिर्ने छैनौँ । शिर निहुराउने छैनौँ ।’ त्यस्तै नेता नेपालले कर्णाली प्रदेशसभा सदस्य पदबाट मुक्त भएका चार सांसदलाई उपनिर्वाचन मार्फत फेरि जिताएर ल्याउने दाबी गरे । उनले कर्णालीका चार सांसदको राजनीतिक भविष्य अन्योलमा नपरेको उनको भनाई छ ।

त्यस्तै माधव पक्ष अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पार्टी विभाजन गर्ने बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रममा सामुदायिक बिद्यालयबाट एसइई र कक्षा १२ उतिर्ण गरी चिकित्सा शिक्षा आयोगदवार लिइएको एमविविएस प्रवेश परिक्षामा सर्वोत्कृष्ट छात्र आशिक झालाई सम्मान गरिएको थियो ।