काठमाडौँ – नेपाल तरुण दलले कोभिड महामारीमा स्थानीय प्रशासनसूँग सहजीकरण गर्न जिल्ला अध्यक्षहरुलाई परिपत्र गरेको छ । कोभिडको तेस्रो भेरियन्ट देखिने सम्भावना देखिएको र अघिल्ला भेरियन्टमा जस्तो मानवीय लगायत अन्य क्षेत्रमा क्षति हुन नदिनको लागि पूर्व तयारी गर्न जिल्लाका सदस्यहरुलाई परिपत्र गरिएको तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जनाए ।
तरुण दलले


ADVERTISEMENT


कोभिडविरुद्धमा ७७ वटै जिल्लामा मास्क अभियान चलाउन र कोरोना विरुद्धको खोप लगाउनको लागि सबैलाई प्रोत्साहन सहित जनचेतना फैलाउन सहयोग गर्न सदस्यहरुलाई तरुण दलले अनुरोध गरेको छ । यसैगरी खोप केन्द्रलाई व्यवस्थित गर्न, स्वास्थ्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सदस्यहरुलाई निर्देशन दिइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी क्वारेन्टिनको व्यवस्थापन, खाद्यान्न खरिदमा सहजीकरण, स्वास्थ्य मापदण्ड पालना गराउन सदस्यहरुलाई तरुण दलले निर्देशन दिएको छ ।

यसैगरी परिपत्रमा सामाजिक संजाल, अनलाईन समाचार लगाएत अन्य समाचारका माध्यमबाट अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार फैलाउने र अपवाह फैलाईएको देखिए नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई जानकारी गराउने काम गर्न भनिएको छ ।

मास्क, औषधी, सेनिटाईजर, खाद्यान्न ग्यास लगाएत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन सक्ने हुनाले यसरी कृत्रिम अभाव र कालोबजारी हुन नदिनका लागि प्रशासनलाई नियमित अनुगमनका लागि आग्रह गर्ने र कालोबजारी भएको देखिएमा नियन्त्रण र कारवाहीको लागि प्रशासनलाई सहयोग गर्ने काम गर्न सदस्यहरुलाई निर्देशित गरिएको छ ।