काठमाडौँ– सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको चुनावमा छुट्टाछुट्टै मतपत्र नचाहिने आदेश दिएको छ ।


ADVERTISEMENT


न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार समानुपातिक निर्वाचनतर्फ समेत छुट्टाछुट्टै मतपत्र छाप्नु पर्ने मागसहित परेको रिटमा अन्तरिम आदेश दिन नपर्ने ठहर गरेको छ । प्रत्यक्षमात्र मात्र नभई समानुपातिकतर्फको चुनावमा समेत समेत छुट्टाछुट्टै मतपत्र लागू गर्नका लागि आदेश माग गर्दै अधिवक्ता सुनिलकुमार पटेल र अधिवक्ता सीताराम अग्रवालले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।


ADVERTISEMENT

# # #


न्यायाधीश भट्टराईले सानातिना कानुनी र व्यवहारिक प्रश्न उठाएर चुनावको महायज्ञलाई बिथोल्नु उचित नहुने आदेश दिएका छन् ।