काठमाडौँ – विभिन्न मुलुकमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका पूर्व राजदूतहरुलाई समेट्ने गरी पूर्व राजदूत एशोसिएसन, नेपाल (आफ्ना) गठन भएको छ । विभिन्न मुलुकमा रहेर कूटनीति प्रतिनिधित्व गरिसकेका १ दर्जन बढी पूर्व राजदूतलाई समेट्दै एशोसिएसन गठन भएको हो ।


ADVERTISEMENT


यसअघि परराष्ट्र मन्त्रालयमा काम गरेकै आधारमा राजदूत भएर जानेहरुको मात्रै यस्तो संगठन भएकोमा त्यसमा राजनीतिक दलमा रहेर कूटनीतिक काम गरेकालाई नसमेटेको भन्दै नयाँ संगठन खुलेको हो । यस संगठनमा पूर्व राजदूत भएका जोकोही आउन सक्ने बताउँदै एशोसिएसनका अध्यक्ष डा. शम्भुराम सिम्खडाले एशोसिएसनले सरकारलाई कूटनीतिक सुझाव दिने जानकारी दिए । यसमा राजनीतिकरण र कर्मचारीकरण गर्न नहुने बताउँदै सिम्खडाले यो संस्था सबैका लागि खुला भएको बताए । ‘जहाँबाट भए पनि सरकारले पत्याएर विदेशी भूमिमा राम्रै काम गरेर फर्केका छौँ र राजनीतिक कोटाबाट गएकाहरूकै नाम राजदूतको अग्रपंतिमा आउँछ,’ उनले भने, ‘यो अवस्थामा सुधार गर्न दुवै संंगठन मर्ज भएर काम गर्न आवश्यक देखिन्छ ।’


ADVERTISEMENT

# # #


पूर्वराजदूत सिम्खडा अध्यक्ष रहेको आफ्नामा उपाध्यक्ष चोपलाल भुसाल, सचिव लक्की शेर्पा र कोषाध्यक्ष रमेश कोइराला चयन भएका छन् । यसै गरी संस्थाका सदस्यहरूमा डा. अर्जुन कार्की, प्रा‌. डा. विश्वम्भर प्याकुरेल, डा. विजयकान्त कर्ण, डा. ऋषि अधिकारी र युवनाथ लम्साल छन् ।

संगठनका उद्देश्यहरु