काठमाडौँ – कुमारी बैंकले गत आर्थिक वर्षमा अधिकांश सूचकमा सुधार गर्र्दै नाफा ७२ दशमलव ७४ प्रतिशतले वृद्धि गरेको छ ।


ADVERTISEMENT


आर्थिक वर्ष २०७६/७७ मा बैंकको खुद नाफा १ अर्ब ८५ करोड रहेकोमा उक्त नाफा गत आवको चौथो त्रैमासमा २ अर्ब ११ करोड ४५ हजार पुगेको छ ।


ADVERTISEMENT

# # #


यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६ दशमलव ५६ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ३ अर्ब ५७ करोड ३१ लाख रहेकोमा त्यो बढेर ५ अर्ब २३ करोड ६९ लाख पुगेको हो ।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ८५ करोड २० लाख, कुल सञ्चालन आम्दानी ६ अर्ब ८० करोड ५३ लाख र वितरणयोग्य नाफा १ अर्ब ९ करोड ४२ लाख पुगेको छ ।

यस अवधिसमम चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख, जगेडा कोष ५ अर्ब ११ करोड ९८ लाख, निक्षेप १ खर्ब ३७ अर्ब ९९ करोड ८५ लाख पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा, मूल्य आम्दानी अनुपात २५.७२ गुणा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८९ पैसा रहेको छ ।