काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले ‘कुलमान बुढो भएपछि सरकारले के गर्छ?’, भन्दै प्रश्न गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले कुलमान बाहेक विद्युत् प्राधिकरण हाँक्न सक्ने अन्य व्यक्ति नदेखेको भन्दै ‘कुलमानबाहेक अन्य मान्छे छैन?’ भन्दै प्रश्न गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्राधिकरणमा कुलमान घिसिङलाई पुनः पुनरागमन गराएको सरकारको टिप्पणी गर्दै उनले भने, ‘कुलमानबाहेक अर्को कोही मान्छे छैन?  कुलमान बुढो भएपछि सरकारले के गर्छ?’

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका कुलमानलाई १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त गरेको हो । नियुक्तिपत्र पाए लगत्तै कुलमानले कार्यालय पुगेर पद सम्हालेका छन् ।

यस्तै, सांसद महतले विद्युत प्राधिकरणबाहेक अरु सरकारी संस्थान पनि धरासायी रहेको भन्दै ती संस्थानबारे पनि ध्यान दिनुपर्ने भन्दै सरकारको ध्षनाकर्षण गराएका छन् ।