काठमाण्डौं- नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या १ सय ५२ पुगेको छ । पछिल्लो समय नेपालले अफ्रिकाको अति कम विकसित मुलुक इरिट्रियासँग कूटनीतिक सम्बन्ध कायम गर्दै आफ्नो मित्र मलुकको संख्या बढाएको हो । न्युयोर्कमा मंगलबार नेपाल र इरिट्रियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको हो । नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र इरिट्रियाका नियोग उपप्रमुख एमानुएल जिओर्जिओ बीच यसप्रकारको सम्झौता भएको हो ।


ADVERTISEMENT


सुडान र इथोपियासँग सीमा जोडिएको उक्त अफ्रिकी मुलुक रेड सीको छेउमा रहेको छ । इरिट्रियाको आयस्रोत ३२ प्रतिशत रेमिट्यान्स हो । तामा, सुन, ग्रेनाइट, मार्बल पोटास लगायतको राम्रो स्रोत भएको मुलुकका रूपमा इरिट्रियालाई मानिन्छ । यो मुलुक २४ वर्षअघि राष्ट्रसंघको सदस्य भएको थियो ।- आजको कान्तिपुरबाट


ADVERTISEMENT

# # #