काठमाडौँ– समृद्धि फाइनान्सले हाल सामाजिक सञ्जालअन्र्तगत सर्वाधिक लोकप्रिय टिकटकको च्यालेन्ज घोषणा गरेको छ ।


ADVERTISEMENT


टिकटक च्यालेन्जअन्र्तगत फाइनान्सले प्रतिस्पर्धीहरुलाई अधिक भ्युजमार्फत विजेता घोषणा गर्दै पुरस्कार वितरण गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


सम्पुर्ण नेपाली नागरिकका लागि भनेर ल्याइएको उक्त च्यालेन्जमा सहभागी हुने व्यक्तिले फाइनान्सको टिकटक पेजमा उपलब्ध दुई वटा अडियो जिङ्गलमा टिकटक बनाउनुपर्नेछ ।

त्यसपश्चात् भने प्रतिस्पर्धीले सो भिडियो कम्तीमा पाँच जनालाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियोहरु समृद्धि फाइनान्सले आफ्नो सोसियल मिडियाहरुमा प्रयोग गर्ने फाइनान्सले जनाएको छ ।

ती भिडियोमध्ये सबैभन्दा बढि भ्युज आउने पहिलो दोस्रो र तेस्रो विजेतालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार पुरस्कार प्रदान गरिने फाइनान्स कम्पनीका व्यापार विकास प्रमुख शालिकराम पन्थीले बताए ।

बिहिवारदेखि शुरु भएको ल्याएकोे उक्त प्रतिस्पर्धा कार्यक्रम एक महिनासम्म सञ्चालन हुनेछ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गर्दै आएको छ ।

निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ । हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रबिधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने संस्थाको योजना छ ।