काठमाडौँ– प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ शाखा कार्यालय प्रदेश नं २ को जीतपुर सिमरा उपमहानगरपालिका– २ मा पनि विस्तार गरिएको छ । शुक्रबारबाट विस्तार सो शाखाबाट फाइनान्सले आजदेखि नै कारोबारको समेत शुरुवात गरेको छ ।


ADVERTISEMENT


आगामी दिनमा संस्थाबाट प्रवाह सम्पुर्ण सेवाहरु ग्राहक उक्त शाखाबाट पनि प्राप्त गर्न सकिने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले जनाए ।


ADVERTISEMENT

# # #


शाखा उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख हुमागाँईले नयाँ शाखाले जीतपुर सिमरा नगरक्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यससंगै संस्थाको १४ वटा शाखा र ५ वटा एक्सटेन्शन काउन्टरहरुबाट वित्तीय सेवा प्रवाह हुने भएको छ । संस्थाका अनुसार, फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा अन्य थप दुई शाखा तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको छ ।

टीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजनालाई समेत अघि बढाएको छ ।