काठमाण्डौं- लिभरपुल सन् २००८–०९ यता पहिलो पल्ट च्याम्पियन्स लिग नकआउट चरणको नजिक पुगेको छ । यसका लागि उसले बुधबार राति मारिबोरलाई ३–० ले हरायो ।


ADVERTISEMENT


मोहमद सलेहको गोलले अग्रता लिएको लिभरपुलका लागि एमरी चान र ड्यानिएल स्टुरेजले गोल गरे । यो जितपछि योर्गन क्लोपको लिभरपुल समूह एफ मा ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रह्यो ।


ADVERTISEMENT

# # #


अब बाँकी खेलमा उसले घरमै सेभिया र स्पार्टक मस्कोको सामना गर्नेछ । समूहको अर्को खेलमा सेभियाले स्पार्टकलाई २–१ ले हरायो र दोस्रो स्थानमा उक्लियो । उसको ७ अंक भएको छ । स्पार्टक भने ५ अंकमा सीमित रह्यो । -आजको कान्तिपुरबाट