काठमाण्डौं- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखरैनी २ बरादीस्थित एक्लेफााटमा गएराती मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौबाट पोखरा जाँदै गरेको बा ८३ प ५९७५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुाले जनाएको छ । दुर्घटनामा परी पैदलयात्री गोरखा पालुङ्गटार नगरपालिका १ च्याङ्गलिङकी ६० बर्षिया नानुमाया राना, मोटरसाइकल चालक भक्तपुर कौशलटार बस्ने २० बर्षिय नितेश सिंह र मोटरसाइकल पछाडी सवार भक्तपुरका १९ बर्षिय सविन अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT