एजेन्सी – आधिकारिक रुपमा अफगानिस्तानको राजधानी काबुल प्रवेश गरिरहेको विद्रोही संगठन तालिवानले आम मानिसलाई दुःख नदिन आफ्ना लडाकूहरुलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै तालिवानले काबुलको शान्ति व्यवस्थाका लागि आधिकारिक रुपमा काबुल प्रवेश गरेको जनाएको छ । काबुलका केही क्षेत्रमा चोरी र लुटपाट भएको खबर आएपछि तालिवानले आफ्ना लडाकू अराजक तत्वलाई रोक्नका लागि सहर प्रवेश गरेको बताएको हो ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– अफगानी राष्ट्रपति घानी र उपराष्ट्रपति सालेहले छाडे देश
– देश र जनताका नोकर हौँ, शान्तिपूर्ण सत्ता हस्तान्तरणको प्रतीक्षामा छौँ : तालिवानी प्रवक्ता

तालिवानले आफ्ना लडाकूलाई आम मानिसलाई दुःख नदिन निर्देशन दिएको छ । साथै उसले लडाकूलाई कसैको घरमा पनि अनाधिकृत रुपमा नछिर्न भनेको छ । यसअघि तालिवानले काबुलका सबै मानिस र धनमालको सुरक्षाको ग्यारेन्टी लिने बताएको थियो ।

तालिवानले सहर छाडेर जान चाहनेलाई छाडिदिन समेत उसले आफ्ना लडाकूलाई निर्देशन दिएको छ । तालिबानले गत १० दिनदेखि अफगानिस्तानका अधिकांश ठूला शहर नियन्त्रणमा लिएको थियो ।