रामचन्द्र पाण्डे, काठमाडौँ – नेपाली कांग्रेसले दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि उम्मेद्वारको टुङ्गो लगाएको छ । कांग्रेसका प्राय शिर्ष नेता प्रतिनिधिसभाका लागि लड्ने भएका छन् ।


ADVERTISEMENT


आज मनोनयनको दिन भएकाले प्रमुख दलहरुले यसअगावै अधिकांश उम्मेदवारको टुङ्गो लगाएकाले धेरैजसो उम्मेदवारहरु बुधबार बिहानै आ–आफ्नो जिल्लामा उम्मेदवारी दर्ता गर्न पुगेका छन् । प्रमुख दलका धेरैजसो शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकाले उनीहरु आजै आफ्नो जिल्लामा पुगिसकेका छन् । यद्दपी प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यव्यस्तताका कारण वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।


ADVERTISEMENT

# # #


यसअघि एउटै उम्मेदवार दुई स्थानबाट चुनाव लड्ने व्यवस्था भएपनि नयाँ संविधानअनुसार ‘एक उम्मेदवार, एक निर्वाचन क्षेत्र’ मात्र भएकाले यो पटक एक जनाले दुई स्थानमा चुनाव लड्न पाउने छैनन् । जसकारण शीर्ष नेताले पनि यो पटक एक स्थानबाट मात्रै चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

उम्मेद्वारको टुङ्गो लागेसंगै केही शीर्ष नेताका लागि भने यो निर्वाचन जित्न त्यती सहज हुने छैन । किनभने स्थानीय निर्वाचनमा प्रमुख दल बनेको नेकपा एमाले र तेस्रो दल बनेको माओवादी अहिले बाम गठबन्धन बनाएर चुनावमा गएका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री डडेल्धुराबाट निर्वाचन लड्दैछन् । उनले प्रतिस्पर्धीका रुपमा बाम गठबन्धनका खगराज भट्टलाई पाउने भएका छन् । भट्ट यस अघि पनि देउवासंगै पराजित भएका थिए ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ–१ बाट उम्मेदवारी दर्ता गर्दैछन् । उनले बाम गठबन्धनका कुमार श्रेष्ठ ‘किसान’ लाई प्रतिस्पर्धीका रुपमा पाएका छन् । यस्तै महामन्त्री डा. शशांक कोइराला नवलपरासीको बर्दघाट पूर्व (नवलपुर) बाट निर्वाचन लड्दैछन् । पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाले क्रमशः काठमाडौँ १ र झापा ३ बाट उम्मेदवारी दिने भएका छन् । सिटौलासंग बाम गठबन्धनको समेत साथ पाएका राप्रपाका राजेन्द्र लिङ्देन प्रतिस्पर्धा गर्दैछन् भने प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र तथा बाम गठबन्धनका तर्फबाट जनार्दन शर्माका भाई अनिल शर्मासंग लड्दैछन् ।

यस्तै डा. शेखर कोइराला मोरङ –६ मा उम्मेद्वारी दिँदैछन् । उनको प्रमख प्रतिस्पर्धा बाम गवठबन्धनका तर्फबाट एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंग हुने भएको छ । डा. प्रकाशशरण महत काठमाडौँ– ५, नविन्द्रराज जोशी काठमाडौँ–८, भिमसेनदास प्रधान काठमाडौँ–६ बाट उम्मेद्वारी दिँदैछन् । महतले बाम गठबन्धनका तर्फबाट एमालेका महासचिव इश्वर पोखरेलसंग प्रतिस्पर्धा गर्दै छन् । पोखरेल अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसका अर्जुन नरसिंह केसीसंग पराजित भएका थिए भने महत यहाँ पहिलो पटक आएका छन् ।

यस्तै विजयकुमार गच्छेदार सुनसरी–३, मिनेन्द्र रिजाल मोरङ–२ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् भने युवा नेता गगन थापा काठमाडौँ –४ बाट निर्वाचन लड्दैछन् । गच्छदारले बाम गठबन्धनकी भगवती चौधरीसंग प्रतिस्पर्धा गर्दैछन् । उनले यस अघिको निर्वाचनमा पनि चौधरीलाई नै पराजित गरेका थिए । यस्तै रिजालले बाम गठबन्धनका ऋषिकेश पोखरेललाई प्रमुख प्रतिस्पर्धी पाएका छन् भने गगन थापा वाम गठबन्धनका राजन भट्टराई र साझा विवेकशीलकी सुबुना बस्नेतसंग भिड्दै छन् ।

त्यस्तै विमलेन्द्र निधि धनुषा ३ बाट लड्दैछन् भने उपप्रधानमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट लड्दै छन् । यसपालीको प्रमख ठूलो भिडन्त भने निधिले खेप्दै छन् । उनले राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई प्रतिस्पर्धी पाएका छन् । यिनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बारा–३, युवा नेता विश्व प्रकाश शर्मा झापा–१ बाट निर्वाचन लड्दै छन् । शर्माले बामगठबन्धनका पूर्व सुचना तथा सञ्चारमन्त्री राम कार्कीसग प्रतिस्पर्धा गर्दैछन् ।