काठमाडौँ – लामो समयदेखि बैंकिङ सूचकमा शीर्षस्थान बनाउँदै ‘नम्बर वान’ बन्दै आएको नबिल बैंकले आफ्नो स्थान यस वर्ष पनि आफ्नो स्थान यथावत राखेको छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणअनुसार नबिल अन्य वाणिज्य बैंकभन्दा अधिकांश सूचकमा अग्रस्थानमा देखिएको हो ।


ADVERTISEMENT


यस अवधिमा बैंकको चुक्ता पूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार, प्रतिशेयर नेटवर्थ २४०.७३ रुपैयाँ रहेको छ । बैंकले ४ अर्ब ५० करोड खुद नाफा कमाएको छ । जुन अन्य बैंकको तुलनामा सबैभन्दा बढी हो । यसैगरी प्रतिशेयर आम्दानी, रिजर्भ, बजार पूँजीकरण, प्रतिशेयर वितरणयोग्य नाफा, प्रतिशाखा निक्षेप, प्रतिशाखा कर्जा, प्रतिकर्मचारी निक्षेप, शेयर मूल्य, प्रतिकर्मचारी कर्जा प्रवाह, प्रतिकर्मचारी नाफा आदिमा अन्य वाणिज्य बैंकभन्दा अग्र स्थानमा देखिएको हो ।


ADVERTISEMENT

# # #


यस अवधिमा बैंकको रिजर्भ १९ अर्ब ४८ करोड, बजार पुँजीकरण २ खर्ब ८ करोड, प्रतिशेयर वितरणयोग्य नाफा प्रतिशेयर ३१.०८, प्रतिशाखा, निक्षेप संकलन औसतमा १ अर्ब ६८ करोड, प्रतिशाखा कर्जा प्रवाह १ अर्ब ५३ करोड ११ लाख, प्रतिकर्मचारी निक्षेप १८ करोड १२ लाख रुपैयाँभन्दा बढी छ ।

यसैगरी शेयर मूल्य हाल सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये प्रतिशेयर १ हजार रुपैयाँभन्दा बढी शेयर मूल्य भएको नबिल बैंक एउटा मात्रै कम्पनी हो । सोमबार कारोबार बन्द हुँदासम्म नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता १५०५ रुपैयाँ छ । बैंकको प्रतिकर्मचारी कर्जा प्रवाह १६ करोड ४३, प्रतिकर्मचारी नाफा ३५ लाख ८० हजार रुपैयाँभन्दा बढी रहेको देखिएको छ ।