काठमाडौँ– नेपालको सबैभन्दा पहिलो त्रिभुवन विश्वविद्यालयले २५ ओटा क्याम्पसलाई दिएको मान्यता (सम्बन्धन) फिर्ता गरेको छ ।


ADVERTISEMENT


त्रिविले आफ्नो मातहतअन्र्तगत रहेका २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज गरेको त्रिवि योजना निर्देशनालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस रहेकामा त्रिविको यस निर्णयसंगै अब एक हजार ६० क्याम्पस मात्रै रहने भएको छ ।

त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीका अनुसार १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेज गरेका २५ क्याम्पसहरु निम्न अनुसार रहेका छन् :

१. बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर
२. बबइ बहुमुखी क्याम्पस गुलरीया
३. नारायण क्याम्पस दैलेख
४. भेरी ज्ञानोदय क्याम्पस जाजरकोट
५. जलजला क्याम्पस लीबाङ
६. मुसीकोट खलङगा क्याम्पस रुकुम
७. भेरी शिक्षा क्याम्पस सुर्खेत
८. विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत
९. तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोट
१०. रारा बहुमुखी क्याम्पस मुगु
११. जनता बहुमुखी क्याम्पस अछाम
१२. पाटन बहुमुखी क्याम्पस बैतडी
१३. जगननाथ बहुमुखी क्याम्पस बैतडी
१४. मनीलेख क्याम्पस बैतडी
१५. जयपृथ्वि बहुमुखि क्याम्पस बझाङ
१६. बडिमालीका क्याम्पस बाजुरा
१७. बाजुरा क्याम्पस बाजुरा
१८. दार्चुला बहुमुखी क्याम्पस दार्चुला
१९. गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला
२०. टीकापुर बहुमुखी क्याम्पस कैलाली
२१. त्रीवेणी बहुमुखी क्याम्पस डडेलधुरा
२२. दुर्गालक्ष्मि बहुमुखी क्याम्पस कैलाली
२३. घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी
२४. श्री सीताराम क्याम्पस डोटी
२५. कैलाली बहुमुखी क्याम्पस कैलाली ।