एजेन्सी – सत्ता कब्जापछि अफगानी तालिबान समूहले पहिलो पत्रकार सम्मेलन गरेको छ । अफगानिस्तानका अन्य क्षेत्र हुँदै राजधानी काबुल नियन्त्रणमा लिइसकेपछि तालिबान समूहले गरेको पहिलो पत्रकार सम्मेलनमा तालिबानले अफगानिस्तान अब द्धन्दको रणभूमि नहुने बताएको छ ।


ADVERTISEMENT


२० वर्ष लामो संघर्षपछि देशलाई विदेशी शासनबाट मुक्त गरेको बताउँदै समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘यो पूरै देशका लागि गर्वको क्षण हो अफगानिस्तान अब द्वन्द्वको रणभूमि नहुने हामी सुनिश्चित गर्न चाहन्छौँ ।’ उनले आफूहरुविरुद्ध लडेकालाई माफी दिएको बताउँदै बाह्य र आन्तरिक शत्रु नचाहने बताउँदै युद्ध रोकिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


आफूविरुद्ध लागेका समेत गरी सरकारी कर्मचारीलाई आम माफी दिई, कसैसँग बदलाको भाव नराखी आफूहरु अघि बढ्ने उनले बताए । हाल अफगानिस्तानमा सिनेमा, संगीत सबैमा प्रतिवन्ध लागेकोमा निजी क्षेत्रका सञ्चार माध्यम निष्पक्ष हुने गरी सरकार सञ्चालन गर्ने उक्त समूहले बताएको छ ।

महिलामाथि निर्मम उत्पीडन र विभेद हुने गरेकोमा आफूहरु महिला हक अधिकारप्रति प्रतिवद्ध रहेको उक्त समूहले बताएको छ । कसैलाई हानी नगर्ने प्रतिवद्धता गर्दै प्रवक्ता मुजाहिदले आफूहरूले सरकार गठन गर्नका लागि गम्भीर रूपमा काम गरिरहेको र त्यो सकिए लगत्तै घोषणा हुने बताए।