काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दोल्ने निर्णय गरेका छन् । लामो समयदेखि पार्टीभित्र विद्रोह गरिरहेका नेता नेपालले आफ्नै संयोजकत्वमा नयाँ दल खोल्ने भएका हुन् ।


ADVERTISEMENT


नेता नेपाल आफै संयोजक रहेको नयाँ दलको नाम ‘नेकपा एमाले समाजवादी’ प्रस्ताव गरिएको छ । पार्टीको चुनाव चिन्ह खुला किताब हुनेछ ।


ADVERTISEMENT

# # #


सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार केन्द्रीय समिति वा संसदीय दलको सदस्यको २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

नेकपा एमालेमा अल्पमतमा रहेको माधव समूह ‘नयाँ बाटो’का लागि अध्यादेशको पर्खाईमा रहेको थियो । अध्यादेश आएसँगै माधव समूहले राजनीतिमा नयाँ मोड लिएको हो ।