काठमाडौँ – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् ।


ADVERTISEMENT


यससँगै नेकपा एमालेको बाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । लाई आजै शाक्य मुख्यमन्त्री बनाउने तयारी छ ।


ADVERTISEMENT

# # #


एमाले अन्तरद्वन्द्वका बेला माधव कुमार नेपाल समूहका उभिएकी शाक्य संसदीय दलको नेता चयन भएसँगै राजनीतिक वृत्तमा तरंग सिर्जना भएको छ । यता माधव कुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।