काठमाडौं– राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले अब आफ्नो जीवन बीमाको प्रिमियम रकम डिजिटल(कनेक्ट आईपिएस ई–पेमेन्ट)बाटै भुक्तान गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


वर्तमान समयको कोभिड–१९ को जोखिम तथा बढ्दो टेक्नोलोजीको उपयोग गर्दै संस्थाले ग्राहकलाई भुक्तानीका लागि संस्था धाउनुपर्ने झन्झट बाट मुक्त गर्दै बुधवारदेखि कनेक्ट आईपिएस ई–पेमेन्ट (connect IPS e-Payment) प्रणाली मार्फत भुक्तानी गर्न सक्ने सेवाको विस्तार गरेको हो ।


ADVERTISEMENT

# # #


आज एक समारोहबीच संस्थानका तर्फबाट प्रशासक श्री कवि प्रसाद पाठक, सहप्रशासक श्री महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अन्लाईन भुक्तानी सेवाको थालनी गरिएको छ ।

यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाईन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अन्लाईनबाटै आफ्नो बैंक/वित्तिय संस्थाको खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

राष्ट्रिय बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनत्ती गरी एनसीएचएलको (National Payments Interface) (NPI) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौता पछी कार्य अघि बढाएको हो ।

हाल पहिलो चरणमा बीमाको प्रिमियम भुक्तानी संकलन अन्लाईन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ । ५३ वर्ष देखि सेवा प्रदान गर्दै आएको बीमा संस्थानको डिजिटलाईजेसनको यस कदमले संस्थानको सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउने विश्वासका साथै यसलाई डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्त्वपूर्ण कोषे ढुंगाको रुपमा लिइएको छ ।

राष्ट्रिय बीमा संस्थान सँगै ३० जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को संकलन हाल अनलाइन मार्फत  भइरहेको छ भने ८ वटा बीमा कम्पनी भने NPI प्रणालीमा आबद्ध भैसकेका छन् । ConnectIPs मा ५४ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा अन्य सबै जसो भुक्तानीका कारोबारहरु हुदै आएका छन् ।

यसबारे अन्य जानकारी www.connectips.com वेबसाइटमा गएर पनि हेर्न सकिने संस्थाले जनाएको छ ।