काठमाडौँ – बाग्मती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार नेकपा एमालेका माधव कुमार नेपालले नयाँ दल दर्ता गरेकै दिन शाक्य मुख्यमन्त्री बनेकी हुन् ।


ADVERTISEMENT


यससँगै शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमालेको प्रदेश संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको बैठकमा चयन गरेको थियो ।


ADVERTISEMENT

# # #


माधव कुमार नेपाल नजिक मानिएकी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि ‘मुख्यमन्त्री पुरस्कार’ पाएकी हुन् ।