काठमाडौँ – राजनीतिक दल फुटाउने अध्यादेशविरुद्ध सर्वोच्चमा छुट्टा छुट्टै रिट पेश भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले रिट निवेदन दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी अध्यादेश जारी गरेकोमा अध्यादेश जारी भएलगत्तै नेपालले नेकपा एमाले समाजवादी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए ।

चालू संसद् अधिवेशन मध्यरातमा अन्त्य गरेर संसद्लाई छलेर गैरसंवैधानिक र अलोकतान्त्रिक रुपमा अध्यादेश ल्याएर राजनीतिक अस्थिरतालाई बढावा दिएको भन्दै सर्वोच्चमा रिट परेको हो ।