काठमाडौँ – तीन वर्ष अघि २०७५ असार ३१ मा चन्द्रागिरि पुगेर ‘मरे पनि यही देशको सपना देख्न पाऊँ’ कविता लेखेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोही ठाउँ पुगेर अर्को कविता लेखेका छन् । शुक्रवार चन्द्रागिरी पुगेर उनले सोही स्थानमा ‘सपनामा पनि भावी सन्तति मुस्कुराएको देख्न पाऊँ’ शीर्षकको कविता सिर्जना गरेका हुन् ।


ADVERTISEMENT


राजनीतिक विवाद र व्यस्तताका बीच पूर्वप्रधानमन्त्री ओलीले जेसुम अभियानले चन्द्रागिरि नगरपालिका–१५ को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रमस्थलमै सो रचना गरी आफ्नो मन्तव्यको पालामा सुनाएका थिए ।


ADVERTISEMENT

# # #


उनले आफूले रचना गरेको सिर्जना उन्मुक्त रचना भएको र गोपालप्रसाद रिमालको गद्यमार्गमा हिँडेको व्याख्या गरेका थिए।

यस्तो छ एमाले अध्यक्ष ओलीले लेखेको कविता

सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ

इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल

कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए

यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए

यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए

देवकोटाले मानवताको बिगुल फुगेका थिए

यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले

इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल