झापा – झापाको बीएण्डसी मेडिकल कलेजले आफ्नो लगानीमा सामुदायिक विद्यालयको भवन बनाइनिदे भएको छ ।


ADVERTISEMENT


बीएण्डसीले २ करोड लगानीमा अर्जुनधारा नगरपालिकास्थित सिस्नेको श्री सिँहदेवी माध्यामिक विद्यालयको २ तले पक्की भवन बनाइदिन लागेको हो ।


ADVERTISEMENT

# # #


शुक्रवार एक कार्यक्रमकाबीच बीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाई र विद्यालयका अध्यक्ष इन्दिरा गिरीले नयाँ भवनको शिलान्यास गरेका छन् ।

कार्यक्रममा बीएण्डसीका कार्यकारी निर्देशक प्रसाईले सामाजिक उत्तरदायित्व अभियानअन्तरगत विद्यालयको भवन निर्माण गर्न लागिएको बताए ।

प्रसाईकाअनुसार उक्त भवन दुई तला गरी जम्मा आठ कोठाको हुनेछ ।