हेटौँडा – हेटौँडामा विभिन्न पार्टी परित्याग गरि ८५ जना नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका छन् ।


ADVERTISEMENT


शुक्रवार नेपाल तरुण दल हेटौंडा १८ नम्बर कार्यसमितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा ८५ जना अग्रज व्यक्तित्वहरु काँग्रेस प्रवेश गरेको काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले बताए ।


ADVERTISEMENT

# # #


पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई बानियाँले पार्टीको सदस्यता दिई खादा ओढाई पार्टीमा स्वागत गरेका थिए ।

जनताले आशा र भरोशा गरेर बहुमत दिएर कम्युनिष्टलाई सत्तामा पुगाएकोमा कसरी आफ्नो परिवार र छोराछोरीलाई खुसी बनाउने, गोजी भर्ने भन्ने दाउपेचमा लागेको उनले बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीमा बढेको घमण्ड र जनमतलाई कुल्चिएर केपी ओलीको सपना मात्रै बाँडेर अहमताले जनताको विश्वासलाई कुठाराघात गरेको आरोप उनले लगाए ।