काठमाडौँ – गोर्खाज फाइनान्स लिमिटेडको नाफामा १५४ प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्टअनुसार अघिल्लो वर्ष फाइनान्सले ७ करोड ९४ लाख ९३ हजार नोक्सान व्यहोर्नु परेकोमा यस वर्ष नाफा २० करोड १८ लाख ९६ हजार पुगेको हो ।


ADVERTISEMENT


फाइनान्सका ब्याज आम्दानीबाहेक विभिन्न सूचक पनि सकारात्मक देखिएका छन् । यस वर्ष खुद ब्याज आम्दानीमा २९ दशमलव १९ ले घटेर २१ करोड ५८ लाख ५६ हजारमा सीमित हुनु परेको छ ।


ADVERTISEMENT

# # #


तर अन्य सूचकहरु सकारात्मक हुँदै निक्षेप १७ दशमलव ०६ प्रतिशत बढेर ८ अर्ब १५ करोड ९७ लाख, कर्जा ६ दशमलव ८४ प्रतिशत बढेर ५ अर्ब ५६ करोड ७० लाख १८ हजार, वितरण योग्य नाफा १० करोड ३६ लाख १६ हजार पुगेको छ ।

यसैगरी बैंकको चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रहेको छ भने समिक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २६ पैसा र फाइनान्सको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४४ पैसा रहेको छ ।