काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् ।


ADVERTISEMENT


काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको नीजि सचिवालयमा लामो समयदेखि नै प्रमुख जिम्मेवारी निभाउदै आएका भानुलाई प्रधानमन्त्री सचिवालयमा समेत प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


यसअघिका प्रधानमन्त्री देउवाका कार्यकालमा समेत भानुले नै प्रमुख स्वकीय भूमिकामा सचिवालयको नेतृत्व गरेका थिए । प्रमुख स्वकीय सचिव देउवालाई बौद्धिक, एकेडेमिक, काँग्रेस लगायत सबै पार्टीका नेता कार्यकर्ताहरूका लागि प्रधानमन्त्री देउवा समक्ष पुलका रूपमा जोड्न दक्ष भूमिका निभाउन सक्षम व्यवस्थापकका रूपमा समेत चिनिन्छ ।

प्रधानमन्त्री देउवाका कार्यक्रम र ‘सेड्युल’ हरूमा प्रमुख स्वकीय सचिव देउवाको ‘डाईनामिक’ संयोजनको भूमिकाबाट सरकारकै प्रभावकारी गति र सफलताको समेत मापन हुने विश्लेषण समेत गरिएको छ ।