काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल उत्पादनबारे अध्ययन शुरु गरेको छ । प्राधिकरणले प्राधिकरणका प्रवक्ता एवं मानकीकरण विभागका निर्देशक मिन प्रसाद अर्यालको नेतृत्वमा ७ सदस्यीय समिति बनाएर अध्ययन शुरु गरेको हो ।


ADVERTISEMENT


उक्त समितिले उद्योगीलाई नेपालमै एसेम्बिलिङका लागि प्रोत्साहन गरेर मोबाइल उत्पादन गर्न सकिने निश्कर्ष निकालेको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त समितिले वार्षिक करिब ३७ अर्बको मोबाइल आयात हुने गरेकोमा नेपालमै मोबाइल एसेम्बिलिङ गरेर व्यापार घाटा कम गर्न सकिने निश्कर्ष निकालेको छ ।


ADVERTISEMENT

# # #


समितिले नेपालमा मोबाइल एसेम्बिलिङ तथा पुराना मोबाइललाई मर्मतसम्भार गर्ने गरी रिफर्बिसिङ गर्न सकिने बताएको छ । गत वर्ष फागुनदेखि नै नेपालमा मोबाइल एसेम्बिलिङका लागि अध्ययन शुरु गरेको प्राधिकरणले एसेम्बिलिङ प्लान्ट स्थापनका लागि करमा गर्नुपर्ने सहजीकरण, उद्योग स्थापना, जनशक्ति, लागत, अहिलेको आयात दर, पछि घट्ने मोबाइल संख्याको मापन, चुनौती तथा उद्योग स्थापना भए वैदेशिक व्यापार घाटामा सन्तुलनबारे अध्ययन गरेको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि राज्यले के गर्न पर्छ लगायत अहिलेको आयातको अवस्था र एसेम्बिङिपछि हुने प्रतिस्थापन लगायतका विषयमा अध्ययन शुरु गरेका हौँ, अहिले सार्वजनिक भएको प्रतिवेदन अध्ययनको ड्राफ्ट मात्र भएकोमा विस्तृत अध्ययन अघि बढाएका छौँ।’