काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नेपाल क्रिकेट संघ (क्यान) र नेपाली टोलीको मुख्य प्रायोजक माइ सेकेण्ड टिचरले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


क्यानले केही पहिले खुला प्रतिस्पर्धा मार्फत जर्सी डिजाइनका लागि आह्वान गरेको थियो । जर्सी छनोट गर्नको लागि क्यान सदस्य छुम्बी लामा, प्रबन्ध निर्देशक रौनक मल्ल र क्रिकेट म्यानेजर बिनोद दास सम्मिलित कमिटि गठन गरिएको थियो । उक्त कमिटीले प्रतिस्पर्धामा सहभागी भएका ५ सय नमूना जर्सीमध्ये आदर्श पोखरेलले डिजाइन गरेको जर्सी छनोट गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै आर्दशले उक्त जर्सी डिजाइन गरे वापत १ लाख रुपैँया पुरस्कार हात गरेका छन् ।

यसअघि गत वैशाखमा काठमाडौँमा भएको नेपार, नेदरल्याण्ड र मेलेसियासम्मिलत त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको जर्सीलाई लिएर व्यापक आलोचना भएको थियो । त्यसपछि क्यानले प्रमुख स्पोन्सरसँगको सहकार्यमा जर्सी डिजाइन प्रतिस्पर्धामार्फत नयाँ जर्सी छनोट गरेको हो ।

नेपालले आईसीसी ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग ओमानमा मा सेप्टेम्बर १३–२० सम्म त्रिकोणात्मक सिरिज खेल्दैछ ।

त्यसअघि नेपालले सेप्टेम्बर ५ र ८मा पपुवा न्यूगिनीसँग एक दिवसीय खेल खेल्ने तय भएको छ । नेपाली टोली भोलि (मंगलबार) बिहान ८ बजे सलाम एयरमार्फत ओमान प्रस्थान गर्दैछ ।