काठमाडौँ – सरकारले अफगानिस्तनबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफगानिस्तानबाट उद्वार गरि ल्याएका सबैलाई पोलियो खोप दिने निर्णय गरेको हो ।


ADVERTISEMENT


हाल अफगानिस्तानमा पोलियो संक्रमण तीव्र रुपमा बढेको देखिन्छ । नेपाल पोलियोमुक्त देश भएकाले पोलियोको संक्रमण भएको मुलुकबाट फर्किएका जुनसुकै उमेरका नेपालीलाई पोलियोविरुद्धको खोप दिने गरिएको छ ।


ADVERTISEMENT

# # #


अफगानिस्तानमा देखिएको संक्रमणका कारण फर्किएका नेपालीमा पोलियोका कारण भविष्यमा पक्षघात लगायतका गम्भीर समस्या देखिन सक्ने सम्भावना भएकाले विश्व स्वास्थ्य संगठन अन्तर्गतको इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसका आधारमा खोप दिन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतवार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।