भक्तपुर– दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलसहित स्वतन्त्रले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रतिनिधिसभामा नेपाली काँग्रेसका तर्फबाट बाबुराजा जोशी र प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा जीवन खत्री र (ख) मा अनिल भुजूले उम्मेदवारी दिएका छन् । सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका मिलन सुवाल, प्रदेशसभा १ (क) मा माओवादी केन्द्रकै देवीप्रसाद ढकाल, एमालेका हरिशरण लामिछाने र (ख) मा माओवादी केन्द्रका रोमन शिलाकारले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा वाम गठबन्धन भए पनि एमाले र माओवादी केन्द्रले एकै प्रदेशमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा नेपाल मजदूर किसान पार्टीबाट प्रेम सुवाल, प्रदेशसभातर्फ प्रदेश नं १ (क) मा नीरज लबजू र (ख) मा सुरेन्द्रराज गोसाईंले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा राप्रपा (प्रजातान्त्रिक)ले नेपाली काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने भन्दै उम्मेदवारी दिएन भने उम्मेदवारी दर्ताका समयमा राप्रपा र काँग्रेस संयुक्त रुपमा आएर समर्थन जनाएका थिए । राप्रपाले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएन । प्रदेशसभातर्फ भने प्रदेश नं १ (क) मा मुकुन्द कार्की र (ख) मा विष्णुप्रसाद त्वायनावासुले उम्मेदवारी दिएका छन् ।

विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभातर्फ दीपेश न्यौपाने र प्रदेश नं १ (क) मा कालीचरण कार्कीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधिसभातर्फ राजेश गोसाईंले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ तर्फ काँग्रेसबाट दमननाथ ढुङ्गाना र प्रदेशसभातर्फ क्षेत्र नं २ (क) मा उद्धव सिलवाल र (ख)मा गणेशमान चक्रधरले उम्मेदवारी दिएका छन् । सोही निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ एमालेका महेश बस्नेत, प्रदेशसभातर्फ प्रदेश नं २ (क) शशीजंग थापा र (ख) मा राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

नेमकिपाबाट प्रतिनिधिसभातर्फ अनुराधा थापा मगर, प्रदेशसभातर्फ प्रदेश नं २ क मा सरोजराज गोसार्इं र खमा प्रेमजन थापाले उम्मेदवारी दिएका छन् । राप्रपाबाट यस क्षेत्रमा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिइएन । प्रदेशसभातर्फ भने २ क मा डोलबहादुर कार्की र खमा राजेश राजवाहकले उम्मेदवारी दिएका छन् ।