काठमाण्डौं- दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।


ADVERTISEMENT


निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंगले भएको जनाएको छ । जिल्ला सदरमुकामहरूमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राति अबेरसम्म उम्मेदवारी मनोनयन भएको थियो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा कम अछाम–१ मा ३ र सबैभन्दा बढी धनुषा–३ मा २९ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ ३५ जनासम्मको उम्मेदवारी परेको छ । आयोगका प्रवक्ता नवराज ढकालले राति अबेरसम्म उम्मेदवारी दर्ता भइरहेकाले संख्यामा सामान्य हेरफेर हुन सक्ने बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहले उम्मेदवारी दर्तामा दलहरूले देखाएको सहभागिता र उत्साहले निर्वाचनप्रतिको सबै आशंका हटेको बताए । ‘उम्मेदवारी मनोनयनमा दलहरूको उत्साहजन सहभागितसँगै देश पूर्ण रूपमा निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘यसले संघीय र प्रदेश संसद् निर्माण हुने प्रक्रियाको सुनिश्चितता भएको छ ।’


ADVERTISEMENT

# # #


दोस्रो चरण निर्वाचन मंसिर २१ गते हुँदै छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेदवारी परेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र छन् । दुवै सभाको निर्वाचन एकैसाथ तर दुई चरणमा हुन लागेको हो ।

अधिकांश दलका अध्यक्षसहित शीर्ष नेताहरूले दोस्रो चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा–५, माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवन–३, राजपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ र राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । दाहाल, ठाकुर र यादवले यसअघिका निर्वाचनमा उम्मेदवारी दिएको भन्दा यसपटक जिल्ला फरक पारेका छन् । राजपा अध्यक्ष ठाकुरको नाम समानुपातिक सूचीमा राखिएको थियो तर पछि हटाएर उनी प्रत्यक्षबाट उठेका हुन् ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् । यस्तै प्रदेश ४ का नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन हुने हो । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाता छन् ।

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी काठमाडौंमा १०, मोरङमा ६, झापा, रुपन्देही र कैलालीमा ५-५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश २ का ८ वटै जिल्लामा ४-४ वटा निर्वाचन क्षेत्र छन् । त्यसबाहेक सुनसरीमा पनि ४ निर्वाचन क्षेत्र छन् । ललितपुर, चितवन, कपिलवस्तु, कास्की, दाङ, बाँके र कञ्चनपुरमामा ३-३ वटा निर्वाचन क्षेत्र छन् । २ वटा निर्वाचन क्षेत्र हुने जिल्लामा उदयपुर, इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, तनहुँ, स्याङजा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख तथा अछाम छन् । दोस्रो चरणमा निर्वाचन हुने अन्य बाँकी जिल्लामा १-१ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । हरेक जिल्लामा जति प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन्, त्यसको दोब्बर संख्यामा प्रदेशसभाका निर्वाचन क्षेत्र छन् ।

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ४ हजार ७ सय ८ जनाको उम्मेदवारी परेको छ । ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ताको दिन बिहीबार झन्डै पाँच हजारको उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता उत्साजनक र शान्तिपूर्ण ढंगले भएको जनाएको छ । जिल्ला सदरमुकामहरूमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राति अबेरसम्म उम्मेदवारी मनोनयन भएको थियो । प्रतिनिधिसभातर्फ १ हजार ७ सय ४२ तथा प्रदेशसभातर्फ २ हजार ९ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यसमा प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ जना महिला उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ सबैभन्दा कम अछाम–१ मा ३ र सबैभन्दा बढी धनुषा–३ मा २९ जनाको उम्मेदवारी परेको छ । प्रदेशसभातर्फ ३५ जनासम्मको उम्मेदवारी परेको छ । आयोगका प्रवक्ता नवराज ढकालले राति अबेरसम्म उम्मेदवारी दर्ता भइरहेकाले संख्यामा सामान्य हेरफेर हुन सक्ने बताए । निर्वाचन आयुक्त सुधीरकुमार शाहले उम्मेदवारी दर्तामा दलहरूले देखाएको सहभागिता र उत्साहले निर्वाचनप्रतिको सबै आशंका हटेको बताए । ‘उम्मेदवारी मनोनयनमा दलहरूको उत्साहजन सहभागितसँगै देश पूर्ण रूपमा निर्वाचनमा होमिएको छ,’ उनले भने, ‘यसले संघीय र प्रदेश संसद् निर्माण हुने प्रक्रियाको सुनिश्चितता भएको छ ।’

दोस्रो चरण निर्वाचन मंसिर २१ गते हुँदै छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो । पहिलो चरणमा निर्वाचन हुने उच्च हिमाली तथा पहाडका ३२ जिल्लाका प्रतिनिधिसभातर्फको ३७ निर्वाचन क्षेत्रका लागि ३ सय २२ र प्रदेशसभाको ७४ क्षेत्रका लागि ४ सय ८१ उम्मेदवारी परेको थियो । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० निर्वाचन क्षेत्र छन् । दुवै सभाको निर्वाचन एकैसाथ तर दुई चरणमा हुन लागेको हो ।

अधिकांश दलका अध्यक्षसहित शीर्ष नेताहरूले दोस्रो चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा, एमाले अध्यक्ष केपी ओलीले झापा–५, माओवादी अध्यक्ष पुष्पकमल दाहालले चितवन–३, राजपा अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ र राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन् । दाहाल, ठाकुर र यादवले यसअघिका निर्वाचनमा उम्मेदवारी दिएको भन्दा यसपटक जिल्ला फरक पारेका छन् । राजपा अध्यक्ष ठाकुरको नाम समानुपातिक सूचीमा राखिएको थियो तर पछि हटाएर उनी प्रत्यक्षबाट उठेका हुन् ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरूमा प्रदेश १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट तथा प्रदेश ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर छन् । यस्तै प्रदेश ४ का नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, कास्की, स्याङजा र पर्वत, प्रदेश ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया छन् । प्रदेश ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि दोस्रो चरणमा निर्वाचन हुने हो । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदातामध्ये दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाता छन् ।

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी काठमाडौंमा १०, मोरङमा ६, झापा, रुपन्देही र कैलालीमा ५-५ वटा निर्वाचन क्षेत्र छन् । प्रदेश २ का ८ वटै जिल्लामा ४-४ वटा निर्वाचन क्षेत्र छन् । त्यसबाहेक सुनसरीमा पनि ४ निर्वाचन क्षेत्र छन् । ललितपुर, चितवन, कपिलवस्तु, कास्की, दाङ, बाँके र कञ्चनपुरमामा ३-३ वटा निर्वाचन क्षेत्र छन् । २ वटा निर्वाचन क्षेत्र हुने जिल्लामा उदयपुर, इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर, तनहुँ, स्याङजा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत, दैलेख तथा अछाम छन् । दोस्रो चरणमा निर्वाचन हुने अन्य बाँकी जिल्लामा १-१ वटा प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन् । हरेक जिल्लामा जति प्रतिनिधिसभाका निर्वाचन क्षेत्र छन्, त्यसको दोब्बर संख्यामा प्रदेशसभाका निर्वाचन क्षेत्र छन् । -आजको कान्तिपुरबाट