स्पेनको एक पत्रिका विरुद्धको मुद्दा मेसीले जितेका छन्। बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले ‘डक्टर्स विथआउट बोडर्स’ उक्त मुद्दा वापत जितेको ८१ हजार डलर मेडिकल च्यारिटीबापत प्रदान गरेका छन्।
सन् २०१४ को विश्वकपमा स्पेनको पत्रिका ला राजोनले मेसीमाथि प्रतिबन्धित शक्तिबर्धक औषधि नान्ड्रोलन प्रयोग गरेको आरोप लगाएको थियो।


ADVERTISEMENT


फाइनलमा जर्मनीसँग हारेको खेलमा मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका थिए। एकहोरो उनीमाथि पत्रिकाले आरोप लगाउन थालेपछि कानुनी कारबाहीस्वरुप मानहानीको मुद्दा दर्ता गराएका थिए। स्पेनको अदालतले उनको मुद्दामाथि कारबाही गर्दै मानहानी भएको ठहर गरेपछि पत्रिकालाई क्षतिपूर्तीस्वरुप ८१ हजार डलर जरिवाना तिराएको हो।


ADVERTISEMENT

# # #