काठमाडौँ – नेपालमा बिहीबार थप दुई हजार ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार ७ सय २ पीसीआर परीक्षणका क्रममा २ हजार ५२ र ४ हजार ६ सय ७२ एन्टीजेन परीक्षणका क्रममा ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


हालसम्म नेपालमा १० हजार ६ सय ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ९ सय २९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७ सय १७ पीसीआर र ४ लाख ५० हजार ३२९ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।