काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीसँग एकता गरेर ठुलो ज्ञान प्राप्त गरेको बताएका छन् ।


ADVERTISEMENT


तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाउँदै उनले ओलीको ठगीधन्दाबारे ज्ञान भएका बताए ।


ADVERTISEMENT

# # #


वाईसीएल नेपालको राष्ट्रीय भेलामा माओवादी केन्द्रका अध्यक्ष उनले माधव नेपाल र आफू सोझो भएर लड्डु खान लाग्दा ओलीले बईमानी गरेको बताए । यसैगरी उनले माओबादी केन्द्र, देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् । पाँच दलीय गठबन्धन ठुलो मिहेनतबाट आर्जेको भन्दै प्रचण्डले यसलाई जोगाउनु आफ्नो कर्तव्य हुने बताए ।

उनले अब संविधान, लोकतन्त्र र राष्ट्रीयतामा सम्झौता नगरी रक्षाको लागी पुर्ण प्रतिबद्ध भई गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे। राष्ट्रीय एकताको झण्डा उठाउदै सहकार्य गर्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।