काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डललाई पूर्णता दिन लागेको हो ।

काँग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए । प्रधानमन्त्रीले लिएको शपथका दिन नै शपथ लिनेमा काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्री समेत थिए ।

त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गगरेका थिए । यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफैँ सम्हाल्दै आएका छन् । रासस